विद्यालय समुदायको बनोटः-


विभिन्न किसिमका जातजातीहरुको समिश्रणबाट नै यहाँको समुदायमा व्राह्मण, क्षेत्री, कामी, कुमाल, दमै, सार्की, तामाङ, गुरुङ्ग, नेवार, राई, भुजेल, र मुस्लिम जातजातिहरु रहेका छन् । जसको आफ्नै प्रकारको भाषा शैली रितिरिवाज, चालचलन, धर्म संस्कृति, परम्परा र रहन सहन छ । आफ्नै प्रकारको जातीय पहिचान छ । गा.वि.स. को वडा नं. ९ मा कुमाल वडा नं. ७ मा सार्की जातीको बाहुल्यता रहेको छ भने तामाङ, नेवार, कामी र गुरुङहरु सम्पूर्ण वडामा छरिएर रहेका छन् त्यस्तै वडा नंं. ८ मा व्राह्मणहरुको वाहुल्यता रहेको पाईन्छ । यहाँ सम्पूर्ण जातजातिहरु एक आपसमा मिलेर सौहद्रतापूर्ण वातावरणमा बसेका छन् । यस कारण यहाँ अनेकतामा एकता रहेका देखिन्छ । 

      धार्मिक रुपमा हेर्दा यहाँ हिन्दु धर्मालम्वीहरु बढी छन् भने अन्य वौद्ध, इस्लाम धर्म मान्ने मानिसहरु नगन्य मात्रामा छन् । भाषा, कला र साहित्यक पक्षलाई निहालेर हेर्दा यसमा पनि विविधता रहेको पाईन्छ । हरेक जातजातीको रितिरिवाज र आÏनै संस्कृति छ ।  नेपालीभाषा साझा भाषाको रुपमा र अन्य भाषाको माध्यम भाषाको रुपमा रहेको छ । यहाँ नेपाली भाषा नै मातृभाषाको रुपमा रहेको छ । यहाँ नेपाली भाषा नै मातृभाषा हुनेहरुको वाहुल्यता  छ । 

      विविध जातजातीको बसोबास भएकाले यहाँको संस्कृति पनि फरकफरक छ । नेवार जातीले मनाउने गाईजात्रा पर्व जस्तै व्राह्मण क्षेत्रीहरुको दशै तिहार ठूला पर्वको रुपमा मान्दछन भने कालिका, अकला, महादेव आदि मन्दिरहरु यहाँका धार्मिक एंव सांस्कृतिक  सम्पदाहरु हुन । व्राह्मण, क्षेत्री समुदायका वालुन र कृष्ण चरित्र अमूल्य संस्कृति निधिहरु हुन् । 

      विभिन्न जातजातीहरु वसोवास गर्ने यस गा.वि.स. वडा नं. ८ तीनपिप्लेमा वि.स. २०१२ सालमा स्थापित यस श्री शिशु विद्याश्रम मा.वि. चक्रतीर्थ गा.वि.स. कै एकमात्र मा.वि. को रुपमा रहेको छ । यस गा.वि.स.को वडा नंं. १४ बाहेक अन्य ५९ का केटाकेटीहरुले यसै विद्यालयबाट नि.मा.वि. तहसम्मको शिक्षा हासिल गर्न सफल भएका छन् ।  

      वि.स. २०६८ सालको जनगणनाको तथाङ्कलाई हेर्दा यस गा.वि.स.मा जम्मा जनसंख्या ५,५०० रहेको देखिन्छ । जसमा २८०५ महिला २६९५ पुरुषको संख्या रहेको छ । यो जनसंख्या मध्ये धेरैले नेपाली भाषा बोल्ने गर्दछन । यस विद्यालयको सेवाक्षेत्रभित्र जम्मा घरधुरी संख्या ३५८ रहेको छ । जसमा जनसंख्याको आकाडा हेर्दा यहाँको जनसंख्या २,०४६ रहेको देखिन्छ । जसमध्ये पुरुषको संख्या १,००० र महिलाको संख्या १,०४६ गरी जम्मा साक्षर महिला संख्या ६९५ र साक्षर पुरुष संख्या ८७६ गरी जम्मा साक्षर महिला र पुरुषको संख्या १५७१ रहेको विगत २०६८ सालको तथ्याङ्कले देखाएको छ । 

      यहाँको शैक्षिक पक्षलाई केलाउदा शैक्षिक स्थिती राम्रै रहेको देखिन्छ । यहाँको पुरुष र महिला समग्रमा शिक्षित बनेका छन् । एस्.एल्.सी. सम्मको शिक्षा धेरैले लिएका छन् । आर्थिक कारणले गर्दा विश्व विद्यालय तहको शिक्षा कम महिलाले लिएका छन् । पुरुषले भने विद्यावारिधि पिएचडी सम्मको शिक्षा आर्जन गरेका छन् । औपचारिक शिक्षावाट वन्चित वर्गलाई अनौपचारिक शिक्षा कार्यक्रम अन्तरगर्त प्रौढ कक्षा संञ्चालन गरेर साक्षर बनाउने काम भएको छ । सर्वेक्षण अनुसार यस सेवाक्षेत्रभित्र उच्च शिक्षा हाँसिल गर्ने महिलाको संख्या २८ र पुरुषको संख्या ७९ गरी जम्मा संख्या १०७ रहेको छ । 

Share:
Copyright © Shishu Vidyashram Secondary School | Design by:- सुरेन्द्र नेपाली |