ऐतिहासिक अबस्थाः-


      यस गा.वि.स.मा शिक्षाको ज्योति प्रदान गर्ने उद्देश्यले वि.स. २०१२ साल आश्विन १३ गतेका दिन संस्थापक अध्यक्ष चक्रतीर्थ७ तीनपिप्ले निवासी स्व. भोजराज पोख्रेल र संस्थापक प्र.अ. श्री भक्तविलास पाण्डे ज्यूको सक्रियतामा यस श्री शिशु बिद्याश्रम प्रा.वि. को स्थापना भएको थियो । विभिन्न किसिमका समस्याहरुसँग जुध्दै गोठ, धन्सार, टहरा आदिमा शिक्षाको आरम्भ गरी यसै गा.वि.स.का समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमी र विकासप्रेमीहरुको सहयोग प्राप्त भई वि.स. २०१२ सालमा निमार्ण भएको जीर्ण भएको जीर्ण भवन अझै पूर्ण जिवितै रहन वाध्य भईरहेको छ । जनसंख्याको बढ्दो चाप र शिक्षाको महत्वलाई दृष्टिगत गरी वि.स. २०५४ सालमा यस चक्रतीर्थ गा.वि.स. र विद्यालय सेवाक्षेत्रका अभिभावकहरुको सहयोगमा रु ५०,०००।– ( अक्षरुपी पचास हजार रुपैयाँ मात्र ) संकलन गरी नेपाल राष्ट्रिय वाणिज्य वैक वेशिसहरमा मुद्दती खातामा रकम धरौटी स्वरुप जम्मा गरी नि.मा.वि. तहको कक्षा संञ्चालनमा अस्थायी अनुमाति प्राप्त गरी पठन पाठन कार्य संञ्चालन भयो । वि.स. २०५६ सालमा कक्षा ८ संचालन गर्न गा.वि.स., जि.वि.स. र अभिभावक वर्गहरुको सहयोगमा रकम संकलन गरी रु २५,०००।– (अक्षरुपी पच्चिस हजार मात्र ) पुनः धरौटी थप गरी कक्षा ८ सम्मको कक्षा संचालन गर्न अस्थायी अनुमति प्राप्त गरी नि.मा.वि. संचालन गरीएको थियो भने हाल गा.वि.स.को सहयोग र अभिभावकहरुसंग चन्दा संकलन गरी रु १,००,०००।अक्षरुपी रु एक लाख रुपैया रा.वा.बैंक बेशिसहरमा जम्मा गरी मा.वि. कक्षा संचालन भईरहेको छ ।

      वि.स. २०१२ सालमा निर्माण भएको जीर्ण भवन पुरै हटाई रुम टु रिड नेपाल, समुदाय र जि.वि.स.को सहयोगमा ४ कोठे आर.सि.सि. भवन निमार्ण भएको छ भने जि.शि.का. को सहयोगमा २÷२ कोठाको ५ भवनको निर्माण कार्य सम्पन्न भएको छ । यस विद्यालयको वि.स. २०५४ सालबाट हालसम्म निजी स्रोतका शिक्षकलाई तलव भत्ता खुवाउनु पर्दा आर्थिक कठिनाई उत्पन्न भएको छ । ती समस्यासँग जुध्दै चन्दा संकलन गा.वि.स.,जि.वि.स. आदिको सहयोगमा जेनतेन आजतक चलिरहेको छ ।

Share:
Copyright © Shishu Vidyashram Secondary School | Design by:- सुरेन्द्र नेपाली |